‘समृद्धिको खाका कोर्न उम्मेदवार’: विद्या भट्टराई
पाेखरा | कात्तिक ६, २०७९
पोखरा : नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन् ।
पोलिटिकल साईन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमार्पmत गरिएका समृद्धिका आधारलाई पुरा गर्नु आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् ।
कात्तिक १ गते शरीरमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएकी भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुदै सामान्य अवस्थामा आएको हुँदा भोली ७ गते डिस्चार्ज हुने तयारी गरिएको अस्पताल श्रोतले जनाएको छ ।
सोसाईटीका अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका तीनै वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार, पार्टी प्रमुहरु, एवम् बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

